दफा २२९
धितोबन्धकमा राखेको सम्पत्तिको अंशबण्डा गर्ने

(१) कुनै अंशियारले अंशबण्डा हुने सम्पत्ति धितोबन्धक राखेको देखिएमा अदालतले सबै अंशियारहरू मञ्जुर भएमा सगोलकोसम्पत्तिबाट त्यस्तो सम्पत्ति फुकुवा गराई वा फुकुवा गराउने दायित्व हुने गरी अंशबण्डा गरी दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सबै अंशियारहरू मञ्जुर हुन नसकेमा घरको मुख्य भई काम गर्ने व्यक्तिले अंशबण्डा हुने सम्पत्तिधितोबन्धक राखेको वा एकाघरका उमेर पुगेका अरुले घरको मुख्य भई काम गर्ने व्यक्तिको समेत सहीछाप गरी धितोबन्धकराखेको थाहा पाएमा अदालतले सगोलको सम्पत्तिबाट त्यस्तो सम्पत्ति फुकुवा गराई वा फुकुवा गराउने दायित्व हुने गरीअंशबण्डा गरिदिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) मा उल्लेख भएको अवस्थामा बाहेक अन्य अवस्थामा कुनै अंशियारले अंशबण्डा हुने सम्पत्ति धितोबन्धकराखेको थाहा पाएमा अदालतले निजको अंश भागमा पर्ने सम्पत्तिबाट त्यस्तो सम्पत्ति फुकुवा गराई वा फुकुवा गराउनेदायित्व हुने गरी अंशबण्डा गरिदिनु पर्नेछ ।